गृहपृष्ठ यो वर्ष ४.३ प्रतिशत आर्थिक वृद्धि हुने एडीबीको अनुमान

यो वर्ष ४.३ प्रतिशत आर्थिक वृद्धि हुने एडीबीको अनुमान

यो वर्ष ४.३ प्रतिशत आर्थिक वृद्धि हुने एडीबीको अनुमान

एशियाली विकास बैंक (एडीबी) ले यो वर्ष औसत स्तरको आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ।

एशियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै बैंकले चालू आर्थिक वर्ष २०८०/८१ मा ४.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको हो।

व्यवसायीले माग खस्किएको तथा आर्थिक गतिविधि चलायमान नभएका कारण नेपालको अर्थतन्त्र संकटमा परेको बताउँदै आएका छन्। तर, प्रमुख विकास साझेदार एडीबीले भने अर्थतन्त्र सामान्य स्तरमा रहने आफ्नो अनुमान सार्वजनिक गरेको हो।

नेपालको पछिल्लो दुई दशकको वार्षिक औसत आर्थिक वृद्धिदर ४.५ प्रतिशतको हाराहारीमा छ। गत आर्थिक वर्षमा भने अर्थतन्त्र १।९ प्रतिशत विन्दुले मात्रै बढेको अनुमान छ।

एडीबीले राष्ट्र ब्यांकले नीतिगत दर ६.५ प्रतिशतमा झारेका कारण बजारको गतिविधि चलाएमान हुने अनुमान गरेको छ। घरजग्गा, थोक र खुद्रा व्यापार, व्यापार तथा होटल रेस्टुराको कारोबार बढेर यो वर्ष सेवा क्षेत्र गतिमान हुने अनुमान छ।

एडीबीले यो वर्ष नेपालको मूल्यवृद्धि दर औसतमा ६.२ प्रतिशतमा ओर्लिने पनि आकलन गरेको छ। गत आर्थिक वर्षमा मूल्यवृद्धि दर ७.७ प्रतिशत थियो।

प्रकाशित समय : १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु