गृहपृष्ठ चाडवाड नजिकिँएसंगै बढ्न थाल्यो कर्जा प्रवाह, एक महिनामा ४४ अर्ब १९ करोड कर्जा विस्तार

चाडवाड नजिकिँएसंगै बढ्न थाल्यो कर्जा प्रवाह, एक महिनामा ४४ अर्ब १९ करोड कर्जा विस्तार

चाडवाड नजिकिँएसंगै बढ्न थाल्यो कर्जा प्रवाह, एक महिनामा ४४ अर्ब १९ करोड कर्जा विस्तार

नजिकिदै गरेको चाडवाडको सिजनसंगै बैंकिङ कारोबार पनि चलायमान हुन थालेको छ । गत बैशाखदेखि ठप्प जस्तै रहेको कर्जा प्रवाह भदौ लागेपछि निकै बढ्न थालेको देखिएको छ ।
भदौमा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब रुपैयाँ बढी व्यवसाय गरेका छन् । भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब १६ अर्ब १५ करोड रुपैया निक्षेप परिचालन गरेका छन्। एक महिनामा ४४ अर्ब १९ करोड रुपैयाँ थप कर्जा विस्तार गरेका छन्। सरकारले जग्गाको कित्ताकाट खुलाएसंगै व्यवसाय केही चलायमान हुन थालेको हो ।

एक महिनामा वाणिज्य बैंकहरुले १ खर्ब ९ अर्ब ८४ करोड, विकास बैंकहरुले ५ अर्ब २ करोड र वित्त कम्पनीहरुले १ अर्ब २९ करोड रुपैयाँ निक्षेप थप गरेका हुन्। भदौ मसान्तसम्म वाणिज्य बैंकहरुसँग ५० खर्ब ४७ अर्ब २५ करोड, विकास बैंकमा ५ खर्ब ६६ अर्ब २५ करोड र वित्त कम्पनीहरुमा १ खर्ब ११ अर्ब ६० करोड गरी कूल ५७ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ निक्षेप मौज्दात छ।

गत साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५६ खर्ब ९ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४८ खर्ब ५९ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। आर्थिक वर्षको पहिलो महिना साउनमा वाणिज्य बैंकहरुले ४२ खर्ब ९८ अर्ब ७३ करोड, विकास बैंकहरुले ४ खर्ब ६८ अर्ब ८९ करोड र वित्त कम्पनीहरुले ९१ अर्ब ७३ करोड गरी कुल ४८ खर्ब ५९ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

भदौमै वाणिज्य बैंकहरुले ४३ अर्ब २५ करोड र विकास बैंकहरुले १ अर्ब ४२ करोड रुपैयाँ थप कर्जा प्रवाह गर्दा वित्त कम्पनीहरुको भने ४८ करोड रुपैयाँले घटेको छ। भदौ मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४३ खर्ब ४१ अर्ब ९८ करोड, विकास बैंकहरुले ४ खर्ब ७० अर्ब ३१ करोड र वित्त कम्पनीहरुले ९१ अर्ब २५ करोड रुपैयाँ गरी कुल ४९ खर्ब ३ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।

प्रकाशित समय : १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु