गृहपृष्ठ राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। आज राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटवार्ता गरेकाे हाे।

भेटका क्रममा प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका थिए। साथै भेटवार्तामा समसामयिक विषयमा पनि छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड आजै साँझ अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। उनले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसको अघिल्लो दिन मंगलबार उनी अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

अमेरिकामा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रस‌ंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ।

प्रकाशित समय : १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु