गृहपृष्ठ सामूहिक हत्याप्रकरण : सोधपुछका लागि थप ४ जना प्रहरीको नियन्त्रणमा

सामूहिक हत्याप्रकरण : सोधपुछका लागि थप ४ जना प्रहरीको नियन्त्रणमा

सामूहिक हत्याप्रकरण : सोधपुछका लागि थप ४ जना प्रहरीको नियन्त्रणमा

काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले थप चार जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार अहिले उनीहरूको परिचय गोप्य राखिएको छ।शुक्रबार मध्यरातमा सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका २० वर्षीय नवीन राईको हत्या भएको थियो । नवीनलाई भाइ बताउने २८ वर्षीय दिपेन्द्र राईलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनी आफै ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए ।

खबरपश्चात तत्काल सःमिल पुगेको प्रहरीले चार जनाको विभत्स हत्या भएको अवस्थामा शव फेला पारेको थियो । प्रहरी कार्यालयमा दिपेन्द्रलाई सोधपुछ भइरहँदा अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको थियो । त्यसपछि तालिमप्राप्त कुकुर परिचालन गरिएको थियो। कुकुर जडिबुटीसम्म पुगेको थियो । सोही आधारमा प्रहरीले थप चार जनालाई जडिबुटी क्षेत्रबाट नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको स्रोतले बतायो ।

आफैं प्रहरी कार्यालय पुगेका दिपेन्द्रको घटनामा संलग्नता छ कि छैन भन्ने कोणबाट पनि अनुसन्धान सुरू भएको प्रहरीले जनाएको छ । सःमिलमा हत्या भएका नवीनलाई उनी भाइ भन्थे । आफ्ना बाबु पहिले सोही सःमिलमा काम गर्ने भएकाले नवीन बेलबेला त्यहाँ गइरहन्थे ।आउजाउ भइरहने भएकाले कुमार भुजेलको परिवारसँग नवीनको सम्बन्ध राम्रै थियो । प्रहरीले नवीनको पृष्ठभूमीबारे पनि अनुसन्धान थालेको छ । घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रकाशित समय : ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु