गृहपृष्ठ अवस्था ठिक नभएका सवारी साधन चलाउने ९ जना चालक पक्राउ

अवस्था ठिक नभएका सवारी साधन चलाउने ९ जना चालक पक्राउ

अवस्था ठिक नभएका सवारी साधन चलाउने ९ जना चालक पक्राउ

काठमाडौँको किर्तिपुरमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ९ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

८० भन्दा बढी सवारी साधन चेक गर्दा ब्रेक ठिक नभएका, लाईटहर दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका ९ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो ।

जसमा टाटासुमो ४, पिकअप जिप २ र बस, टिपर, हात्ती गाडी १र१ गरी जम्मा ९ ओटा रहेका छन् । सवारी साधन मर्मत पश्‍चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पुर्ण चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।

प्रकाशित समय : २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु