गृहपृष्ठ उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस
उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस

न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस गरेको छ। न्यायपरिषद्को शुक्रबार बसेको बैठकले जिल्ला न्यायाधीशहरुबाट १८, न्याय सेवा, सरकारी वकिल र कानुन सेवाबाट ३ जना र कानुन व्यवसायीबाट ६ जनाको नाम उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो।
कानुन व्यवसायीबाट अच्युतम कुमार आचार्य, गोविन्द जोशी, पुण्यशिला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर रानामगर र अर्जुन महर्जन छन्।
बेपत्ता नागरिक छानबिन आयोगका सचिव श्यामकुमार भट्टराई, सर्वोच्च अदालतका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मी र कानुन मन्त्रालयका सहसचिव सुशील कोइराला पनि उच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका छन्।
प्रकाशित समय : १८:०१ बजे