गृहपृष्ठ सिटिजन लाइफको आईपीओ बाँडफाँट, ९ लाख जनाले हात पारे

सिटिजन लाइफको आईपीओ बाँडफाँट, ९ लाख जनाले हात पारे

सिटिजन लाइफको आईपीओ बाँडफाँट, ९ लाख जनाले हात पारे

सिटिजन लाइफ इन्स्योरेन्सको साधारण (आईपीओ) बाँडफाँट भएको छ ।

आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत सेयर बाँडफाँट भएको छ । आईपीओमा आवेदन दिनेमध्ये ९ लाख जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

बिक्री प्रबन्धक एनआइएमबि क्यापिटलका अनुसार आईपीओमा १५ लाख ८४ हजार ५९७ जनाले आवेदन परेको थियो । जसमा १ लाख ७७ हजार ३६० जनाको आवेदन रद्द भएको छ । आवेदन दिएका योग्य १४ लाख ७ हजार २३७ आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

कम्पनीले भदौ १५ देखि १९ गतेसम्म अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २४४ रुपैयाँका दरले सेयर निष्कासन गरेको थियो । आईपीओको नतिजा बिक्री प्रबन्धक एनआइएमबी क्यापिटलको वेबसाइट, सिटिजन लाइफको वेबसाइट, मेरो सेयर र सीडीएससीले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट हेर्न सकिने छ ।

प्रकाशित समय : १४:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु