गृहपृष्ठ इसेवा र नागरिक लगानी कोषबीच सम्झौता

इसेवा र नागरिक लगानी कोषबीच सम्झौता

इसेवा र नागरिक लगानी कोषबीच सम्झौता

इसेवा प्रालि र नागरिक लगानी कोषबीच सेवा बिस्तार बारे सोमबार एक सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अनुसार नागरिक लगानी कोषका सेवाग्राहीहरुले इसेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजना को मासिक भुक्तानी तथा सबै कर्जाको भुक्तानी सजिलै गर्न सक्नेछन् ।

उक्त सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का तथा नागरिक लगानी कोषका तर्फबाट निर्देशक सीए शोभा श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

हाल ८० लाख प्रयोगकर्ताको संजाल रहेको इसेवा र नागरिक लगानी कोषको यो सहकार्यले नेपाल सरकारको डिजिटल नेपालको अवधारणालाई टेवा दिँदै विद्युतिय भुक्तानीलाई अभिप्रेरित गर्ने विश्वास लिइएको छ ।

 

प्रकाशित समय : १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु