गृहपृष्ठ एलजी विभिन्न सामानहरु खरिद गर्दा नगद साथै उपहार पाइने

एलजी विभिन्न सामानहरु खरिद गर्दा नगद साथै उपहार पाइने

एलजी विभिन्न सामानहरु खरिद गर्दा नगद साथै उपहार पाइने

नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले दसैं र तिहारका लागि नयाँ वर्ष अभियान ‘शुभसाइत दसैं तिहार घर भित्रिन्छन् नगद र उपहार’ सार्वजनिक गरेको छ । यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो योजनाअन्तर्गत एलजीका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरनेन्मेन्ट र विभिन्न उपकरण खरिद गर्दा ४० प्रतिशतसम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ । ग्राहकले एलजीका सबै उत्पादनमा विशेष मूल्यमा बिनालागत ईएमआई प्राप्त गर्न सक्छन् र एक्सचेन्ज अफरको मजा लिन पनि सक्छन् ।

ग्राहकले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटलमा २५ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

यस योजनाअन्तर्गत ग्राहकले के सुविधा पाउन सक्छन् रु

– एलजी साइड बाई साइड र फ्रेन्च डोर रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभनरएयर फ्राइर

– एलजी डबल डोर रेफ्रिजरेटरको खरिदमा मिक्सर ग्राइन्डर वा ग्यास चुलो,

– एलजी डबल डोर फ्रिज ९जीएलके२९२एसएलटीएल बाहेक० को खरिदमा फ्यान र कुलर र उपहार बक्स

– सिंगल डोर फ्रिजमा क्यासब्याक

– माइक्रोवेभ ओभनको खरिदमा माइक्रोवेभ किट

– एलजी फ्रन्ट लोड वासिङ मेसिन ९१० किलो र माथि० को खरिदमा इन्डक्सन कुकर

– ९ किलोसम्मको एलजी वासर र वासर ड्रायरको खरिदमा डिटर्जेन्ट पाउडर

– टप लोड ट्विन टबको खरिदमा ४ लिटर एरियल म्याटिक लिक्कइड

– एलजी डिसवासरको खरिदमा डिसवासर किट

– एलजी भ्याकुम क्लिनरको खरिदमा चपर

– एलजी एयर प्युरिफायरको खरिदमा एयर फ्राइर

साथै, यो अवधिभित्र एलजीको टिभी खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेन्टीसमेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ । नयाँ वर्षको अफरले एलजी स्प्लिट रेसिडेन्सियलर फ्लोर स्ट्यान्डिङ र क्यासेट एयर कन्डिसनर खरिद गर्दा निःशुल्क इन्स्टलेसन पनि प्रदान गरिएको छ । यो अभियान भदौ २५ देखि नेपालभर सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु