गृहपृष्ठ नेम्वाङको निधनपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै
नेम्वाङको निधनपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।
उनलाई दिइने सम्मानका विषयमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । उन लाई कस्तो सम्मान दिने भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल परामर्शमा रहेका छन् ।
अहिले केही बेरमा बस्ने बैठकले नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट राजकीय सम्मानका साथ निकाल्ने निर्णय गर्नेछ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ केहीबेर अघि अस्पताल पुगेर तत्काल शव पार्टी कार्यालय नलैजान आग्रह गरेको एक नेताले बताए ।
अस्पतालबाट पार्टी कार्यालयसम्म राजकीय सम्मानका लागि नेम्वाङको पार्थिव शरीर लैजाने बुझिएको छ ।
प्रकाशित समय : ०९:०८ बजे