गृहपृष्ठ सुवास नेम्वाङको निधनप्रति प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

सुवास नेम्वाङको निधनप्रति प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

सुवास नेम्वाङको निधनप्रति प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको उल्लेख गरेका छन् ।

प्रचण्डले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

प्रकाशित समय : ०७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु