गृहपृष्ठ बर्जर पेन्ट्स नेपालद्वारा ‘बर्जर हाम्रो घर हाम्रो शान’ को शुभारम्भ
बर्जर पेन्ट्स नेपालद्वारा ‘बर्जर हाम्रो घर हाम्रो शान’ को शुभारम्भ

उत्पादनहरुको विस्तृत श्रृंखलासहित नेपालमा सजावटी रङहरुको एक प्रख्यात निर्माता कम्पनी बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रा.लि. ले दशैं र तिहारको उल्लासमय पर्वहरुमा थप रौनक थप्न नयाँ उपभोक्ता योजना, “बर्जर हाम्रो घर हाम्रो शान” ल्याएको छ । यो योजना आफ्नो घरको सौन्दर्यता अभिवृद्धि गर्न केन्द्रित रहेको छ ।
यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले ५ लाखको बम्पर पुरस्कार प्राप्त गर्नुका साथै थप तीनजनाले जनही १ लाख र अन्य दशजना ग्राहकहरुले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसबाहेक, यो योजनाले घरधनीहरूलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवाहरू प्राप्त गराई विज्ञको सल्लाह अनुसार आफ्नो घर श्रृंङ्गार्ने अवसर प्रदान गर्नेछ । साथै, डिजिटल प्रतियोगितामा भाग लिई १०० उत्कृष्ट घरधनीहरूले आफ्नो घरको सुन्दर तस्विर सेयर गरेर जनही २५ हजारको नगद पुरस्कार प्राप्त गर्ने मौका पाउनेछन् ।
यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सो र वेदरकोट अल गार्ड जस्ता सिमित बर्जर उत्पादनहरूमा मात्र लागू हुनेछ ।
नेपाली बजारमा उत्कृष्ट उत्पादनहरू पु¥याउने निरन्तर समर्पणको परिणाम स्वरुप यो चाडपर्वको माहोलसँगै कम्पनीले ‘वेदरकोट अल गार्ड फ्लेक्सो’, नयाँ बाहिरी इमल्सन पेन्ट बजारमा ल्याएको छ । यो इलास्टोमेरिक गुणहरू सहितको उच्च चमक भएको लक्जरी बाहिरी इमल्शन हो जसले बाहिरी भित्ताहरूमा रौँ जस्ता मसिना दरारहरू छोप्न मद्दत गर्दछ । सिलिकन एडीटिभ्ससँग बनाइएको रङले सबैखाले मौसम र परिस्थितिहरूमा भित्ताहरूलाई अतिरिक्त सुरक्षा दिन्छ, यो ८ वर्षको वारेन्टीसँगै उपलब्ध छ ।
प्रकाशित समय : २०:४३ बजे