गृहपृष्ठ साझा नेपाली समाजको कार्यक्रम ‘डिनर विथ महानायक’को अभुतपूर्व सफलता

साझा नेपाली समाजको कार्यक्रम ‘डिनर विथ महानायक’को अभुतपूर्व सफलता

साझा नेपाली समाजको कार्यक्रम ‘डिनर विथ महानायक’को अभुतपूर्व सफलता

मिडलैन्डको मार्केट हारव्रोमा साझा नेपाली समाज बेलायतले आयोजना गरेको ‘डिनर विथ महानायक साँझ’ हिजो सम्पन्न भएको छ। बेलायत भ्रमणमा रहेका महानायक हमालको उपस्थितिमा गरिएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष दिपक सापकोटाले गरेका थिए ।

कार्यक्रममा मिडलैन्डका सामाजिक अभियन्ताहरु एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटा, समाजका संस्थापक अध्यक्ष शंकर भण्डारी, व्यवसायी कमल भण्डारी, गैरआवासीय नेपाली संघ बेलायतका महासचिव गोविन्द खरेल, इग्लैन्ड राज्य समन्वय परिषद्का अध्यक्ष एवं साझा नेपाली समाजका उपाध्यक्ष शम्भु अर्यालले महानायकको मिडलैन्ड भ्रमण ऐतिहासिक रहेको र यो कार्यक्रमले मिडलैन्डबासी नेपालीहरुको एकता अझै बलियो बन्ने बताएका थिए ।

साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार आगन्तुकहरुले खचाखच भरिएको कार्यक्रममा उपस्थित पाहुनाहरुको चाहना अनुसारै आशन र भाषण भन्दा पनि कार्यक्रमलाई महानायकको सम्मानमा फिल्मी शैलिमा शुरु गरि फिल्मी शैलीमै अन्त्य गरिएको थियो । कार्यक्रममा मिडलैन्डका सामाजिक अभियन्ताहरु हरि भट्टराई, केसरी क्षेत्री, लाल क्षेत्री, कृष्ण कंडेल, नारायण आचार्य, लक्ष्मी खराल, शरद शाही, प्रकाश केसी, मेजर बुद्धिबहादुर भण्डारी, केशर शेरचन लगायतको उपस्थिति रहेको थियो ।

महानायक र समाजका अध्यक्ष दिपक सापकोटाले उद्घाटन गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक शिव खराल र अतिथिहरुलाई खाँदा श्रेयषी आचार्य र श्रेर्या खरेलले ओढाई दिएका थिए भने नेपाली गित माईतीघरमा श्रेर्या खरेलको प्रस्तुतीले दर्शकहरु मन्त्रमुग्ध बने ।

आफ्नो मन्तव्यमा महानायकले मिडलैन्डवासी नेपालीहरु लगायत साझा नेपाली समाजलाई धन्यबाद दिँदै यो कार्यक्रमले आफ्नो बेलायत भ्रमण सफल भएको बताएका थिए । उनले नेपालीहरुको एकता र आपसी सहयोग बलियो बनाउने काममा आफुले काम गरिरहेको समेत बताए ।

कार्यक्रमका लागि मार्केट हारव्रो फुटबल क्लबले हल उपलब्ध गराएको थियो । यसको संयोजन सचिव शुरेस केसीले गरेका थिए । कार्यक्रमको नाम नै ‘डिनर विथ राजेश हमाल’ भएकाले यसलाई विशेष बनाउन हारव्रोमा रहेको नेपाली रेष्टुरेन्ट अवतार डाइनिंगका सेफहरुको टिमले खाना तयार पारेको थियो । समाजको लागि रेष्टुरेन्टले न्युनतम मुल्यमा खाना उपलब्ध गराएको थियो ।

कार्यक्रममा फोटोग्राफीको काम आशिष पन्तले गरे भने कार्यसमिति उपाध्यक्ष रामप्रसाद पन्थी, कोषाध्यक्ष उपेन पौडेल, सहकोषाध्यक्ष उपेन्द्र सापकोटा र कार्यसमिति सदस्यहरु दिनेश ढकाल, गणेश सापकोटा, महाश्रर्मा खरेल लगायतले हललाई सिंगारि चिटिक्क बनाएका थिए । सोही सिंगारिएको हलमा नेपालबाट आएका कलाकार राजेश बर्देवा, शिव हमाल र पुर्णकला विसीले दर्शकहरुलाई छमछमी नचाएका थिए ।

प्रकाशित समय : २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु