गृहपृष्ठ आईएमई पेबाट पहिलो पटक एयरलाइन्स टिकट खरिद गर्दा विशेष छुट पाइने

आईएमई पेबाट पहिलो पटक एयरलाइन्स टिकट खरिद गर्दा विशेष छुट पाइने

आईएमई पेबाट पहिलो पटक एयरलाइन्स टिकट खरिद गर्दा विशेष छुट पाइने

नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याटमा ५ सय क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सेवाग्राहीलाई विद्युतीय भुक्तानी माध्यममार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याइएको यो अफर भदौ २४ देखि सुरु भएको छ ।

पहिलो १ हजार योग्य सेवाग्राहीलाई यो सुविधा प्रदान गरिनेछ। यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्नु हुने सेवाग्राहीलाई सीमित अवधि लागि मात्र हो ।

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो ।

 

प्रकाशित समय : १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु