गृहपृष्ठ टाटा मोटर्स जेन्युइन आयल का रिटेलर्सलाई नबिल बैंकले बिना धितो फाइनान्स सुविधा दिने

टाटा मोटर्स जेन्युइन आयल का रिटेलर्सलाई नबिल बैंकले बिना धितो फाइनान्स सुविधा दिने

टाटा मोटर्स जेन्युइन आयल का रिटेलर्सलाई नबिल बैंकले बिना धितो फाइनान्स सुविधा दिने

नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तिय सुविधा उपलब्ध गराउने भएको छ ।

टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रा.लि. र नेपालकै अग्रणी बैंक नबिल बैंकबीच सहकार्य गर्ने सहमति भएको छ ।

सिप्रदी अटोपार्टस् प्रा.लि.का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका खुद्रा बिक्रेता तथा टाटा गुरुहरुको पनि उपस्थिति रहेको थियो ।

उक्त सम्झौता अनुसार अब नबिल बैंकले सिप्रदी अटोपार्टका खुद्रा बिक्रेताहरुलाई सहज र सस्तो वित्तिय सुविधा उपलब्ध गराउने छ ।

प्रकाशित समय : १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु