गृहपृष्ठ बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३१ घाइते

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३१ घाइते

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३१ घाइते

बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। ३१ जना घाइते भएका छन् ।

दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगञ्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार बेलुकी करिब ९ बजे ठोक्किएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीय साधुराम थारु रहेका छन् ।

यसैगरी ठाकुरबाबा नगरपालिका-८ का बस चालक ४५ वर्षीय जुग बहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ३० जनाको बाँकेको कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु