गृहपृष्ठ तीनै तहका कर्मचारीले पाउने सुविधा समान हुनुपर्छ : मुख्यमन्त्री पाण्डे
तीनै तहका कर्मचारीले पाउने सुविधा समान हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय, प्रदेश र सङ्घ सरकारका कर्मचारीले समान सुविधा पाउनुपर्ने बताएका छन् । निजामती सेवा दिवस २०८० को अवसरमा आज पोखरामा आयोजित मूल समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले तीनै तहका कर्मचारीले पाउने सेवा, सुविधा र वृत्तिविकास एकै किसिमको हुनुपर्नेमा जोड दिए ।
“यदि कोही स्थानीय तहबाट प्रदेश सरकार आउन चाहन्छ र प्रदेश सरकारबाट सङ्घीय सरकारमा जान चाहन्छ भने त्यसको बाटो र वृत्तिविकासका आधार सामान हुनुपर्छ,” मुख्यमन्त्री पाण्डेले भने, “कर्मचारीको सेवा र सुविधा समान हुनुपर्छ भन्ने कुरामा साथ दिन म तयार छु ।”
सरकारको सफलतारअसफलतामा कर्मचारीको पनि जनप्रतिनिधि जतिकै समान भूमिका हुने उनले बताए । राजनैतिक दलका आधारमा पक्षपात नगरी सेवा प्रवाहलाई सरल, सहज र चुस्त, दुरुस्त बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पाण्डेले जनतालाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए। सङ्घ सरकारले बिहीबार मन्त्रिपरिषद्बाट सङ्घीय निजामती सेवा ऐन पास गरी सदनमा पेश गर्ने गरी अगाडि बढाएको उल्लेख गर्दै उहाँले ऐनलाई सकरात्मक बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए ।
प्रकाशित समय : २१:२७ बजे