गृहपृष्ठ ६० किलो सुन प्रकरणमा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष पक्राउ
६० किलो सुन प्रकरणमा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन २ गते बरामद भएको ६० किलो ७१८ ग्राम सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्ष शिवकुमार सर्राफलाई पक्राउ गरेको हो ।
राजस्व अनुसन्धान विभागको टोलीले गएको बरामद गरेको सुनमाथि अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा हालसम्म २७ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १३:४३ बजे