गृहपृष्ठ इन्टरनेट सेवाको गुणस्तर बढाउन जेडटीईसँग क्लासिक टेकको साझेदारी

इन्टरनेट सेवाको गुणस्तर बढाउन जेडटीईसँग क्लासिक टेकको साझेदारी

इन्टरनेट सेवाको गुणस्तर बढाउन जेडटीईसँग क्लासिक टेकको साझेदारी

देशकै अग्रणी तथा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो भरपर्दो र उच्च गुणस्तरीय नेटवर्किङ कम्पोनेन्टहरूका लागि अन्तर्राष्ट्रिय कम्पनी जेडटीई कर्पोरेसनसँग साझेदारी घोषणा गरेको छ ।

यो साझेदारीले इन्टरनेट सेवाको क्षेत्रमा महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास कम्पनीले लिएको छ । आफ्नो नेटवर्क पूर्वाधार विस्तार गर्न जेडटीईसँग हात मिलाएको कम्पनीको भनाइ छ ।

आफ्ना ग्राहकलाई अतुलनीय इन्टरनेट सर्फिङ अनुभव प्रदान गर्न जेडटीईका अत्याधुनिक डुअल ब्यान्ड ५ गिगाहर्ज ओएनयूहरु ल्याउने कम्पनीले बताएको छ ।

क्लासिक टेक ग्राहकहरूले छिटो इन्टरनेट गति, विश्वसनीयता, र उच्च गुणस्तरका उपकरणहरूमा पहुँचको अपेक्षा गर्न सक्नेछन ।

यस सहकार्यले उत्कृष्ट इन्टरनेट सेवाहरू प्रदान गर्न र यसको प्रयोगकर्ता आधारको बढ्दो मागहरू पूरा गर्न सघाउने क्लासिक टेकको भनाइ छ ।

 

प्रकाशित समय : २१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु