गृहपृष्ठ नेपालबाट १० हजार मेगावट विद्युत खरिद गर्ने प्रस्ताव भारतीय मन्त्रिपरिषद्‍बाट पारित

नेपालबाट १० हजार मेगावट विद्युत खरिद गर्ने प्रस्ताव भारतीय मन्त्रिपरिषद्‍बाट पारित

नेपालबाट १० हजार मेगावट विद्युत खरिद गर्ने प्रस्ताव भारतीय मन्त्रिपरिषद्‍बाट पारित

नेपालसँग १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव भारतले स्वीकृत गरेको छ। भारतको मन्त्रिपरिषद्‍ले नेपालले तीन महिना अगाडि गर्न चाहेको विद्युत् व्यापारसम्बन्धी सम्झौतापत्र बल्ल स्वीकृत गरेको हो।

नेपालले जेठ तेस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा समझदारीमा हस्ताक्षर गर्न चाहेको थियो। तर त्यतिखेर भारतले मन्त्रिपरिषद्‍मा छलफल हुन नपाएको भनेर हस्ताक्षर गर्न मानेको थिएन। तैपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले द्विपक्षीय वार्तापछि नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने घोषणा गरेका थिए।

त्यसलाई प्रधानमन्त्री दाहालले भारत भ्रमणको आफ्नो ठूलो उपलब्धिका रुपमा अर्थ्याएका थिए। तर सम्झौता नभएका कारण नेपालले देशभित्र खपत गरेर बढी भएको सबै विद्युत भारतलाई बेच्न सकिरहेको छैन।

नेपाल विद्युत प्राधिकरणले अहिले १० आयोजनाको ४५२ मेगावाटभन्दा बढी विद्युत बेच्न सकेको छैन। अहिले विद्युत खेर गइरहेको अवस्था छ। प्राधिकरणले बेच्न नसकेपछि निजी क्षेत्रका कम्पनीलाई उत्पादन नै घटाउन लगाएको छ।

थप जलविद्युत आयोजना निर्माणाधीन रहेकाले विद्युत खेर जाने समस्या समाधानका लागि प्राधिकरणले भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता गर्न चाहेको थियो।

भारतको मन्त्रिपरिषद्ले नेपालसँग गर्ने दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौतापत्रलाई गत साता स्वीकृत गरेको हो। भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले यसको पुष्टि गरेका छन्।

प्रकाशित समय : १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु