गृहपृष्ठ निजामती सेवा विधेयकलाई भोलि नै पारित गरेर संसदमा पठाउँछौँ : प्रधानमन्त्री

निजामती सेवा विधेयकलाई भोलि नै पारित गरेर संसदमा पठाउँछौँ : प्रधानमन्त्री

निजामती सेवा विधेयकलाई भोलि नै पारित गरेर संसदमा पठाउँछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसद्‍मा पेस गर्ने बताएका छन्।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यसबारेको जानकारी दिएका हुन्।

‘पहिला आवश्यक परिमार्जन गरेर अघि बढाउन ढिला भएको हो’, उनले भने, ‘सम्भवतः भोलिको मन्त्रिपरिषद् बैठकबाट पारित गरेर सदनमा पठाउँछौँ।’

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्ले पारित गरेको शिक्षा ऐनमा बाहिरी चलखेल भएको आरोपमा कुनै सत्यता नभएको पनि दाबी गरे।

प्रकाशित समय : १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु