गृहपृष्ठ नविल बैंकले ल्यायो तीज विशेष अफर

नविल बैंकले ल्यायो तीज विशेष अफर

नविल बैंकले ल्यायो तीज विशेष अफर

नबिल बैंकले महिलाहरुको महान पर्व तीजलाई लक्षित गर्दै महिला ग्राहकका लागि तीज विशेष अफर सार्वजनिक गरेको छ ।

तीज विशेष अफर अनुसार ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् । साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ ।

सीमित अवधिलाई ल्याइएको यस अफरको सुविधा प्राप्त गर्नका लागि महिला ग्राहकहरुले १५ असोज २०८० सम्ममा ‘नबिल प्रिमियम नारी बचत खाता’ खोलेको हुनुपर्ने बैंकले जनाएको छ ।

नबिल बैंक नेपालको निजी क्षेत्रको एक अग्रणी बैंक हो । नबिलले १८ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिका २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु