गृहपृष्ठ सुधारिएन शेयर बजार, आज २९ अंकको गिरावट

सुधारिएन शेयर बजार, आज २९ अंकको गिरावट

सुधारिएन शेयर बजार, आज २९ अंकको गिरावट

आज साताको पहिलो दिन शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २९ दशमलव ८१ अंकले घटेको हो । परिसुचक १ दशमलव ४९ प्रतिशतले घटेर १,९६० को विन्दुमा कायम भएको छ । आज ८ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २१२ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक राताम्मे भएका छन् ।

आज दिनभरिमा २७६ कम्पनीको ४० लाख ५३ हजार ३६८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिी होटलको ३ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछाप्च्छ्रे बैंकको ३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ५६ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै लिवर्टी इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । सिटि होटलका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित समय : १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु