गृहपृष्ठ भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा चार जनाको मृत्यु
भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा चार जनाको मृत्यु

भारतको उत्तर प्रदेशस्थित पिलिभित जिल्लाको राष्ट्रिय राजमार्गमा रोकिराखेको पिकअफ भ्यानमा द्रुतगतिमा रहेको कार ठोक्किँदा तीन जना महिलासहित चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइतेभएका दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
भारतमै भएको अर्को सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भारतको महाराष्ट्र राज्यस्थित ठाणेमा सडक दुर्घटनामा परी अन्य दुई जना घाइते भएका ठाणेस्थित राजमार्ग गस्ती प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १३:०९ बजे