गृहपृष्ठ पेप्सीकोलामा बसले तीनवटा सवारीलाई ठक्कर दियो, एक जनाको मृत्यु

पेप्सीकोलामा बसले तीनवटा सवारीलाई ठक्कर दियो, एक जनाको मृत्यु

पेप्सीकोलामा बसले तीनवटा सवारीलाई ठक्कर दियो, एक जनाको मृत्यु

काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा एउटा बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार दुर्घटनामा बा. प्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल चालककाे मृत्यु भएको हो। उनको सनाखत हुन बाँकी छ। दुर्घटनामा सात जना घाइते भएका छन् ।

घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

आज बिहान करिब ७ः४५ बजेतिर बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशामा रहेका बा ६ च ५३४२ नम्बरको बोलेरो जिप, बागमती प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

प्रकाशित समय : ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु