गृहपृष्ठ भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण अवरुद्ध

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण अवरुद्ध

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण अवरुद्ध

एसियन कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल पुनः वर्षाका कारण अवरुद्ध भएको छ ।

११.२ ओभरको खेल सकिएपछि खेल पुनः स्थगित गरिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले खेल अवरुद्ध हुँदासम्म ३ विकेट गुमाएर ५१ रन बनाएको छ ।

भारतका कप्तान रोहित शर्मा ११, विराट कोहली ४ र शुभमन गिल ६ रन बनाएर आउट भए । श्रेयस ऐयर १४ र इसान किसान २ रन बनाएर क्रिजमा छन् । पाकिस्तानका सहिन साह अफ्रिदीले २ र हरिस रउफले एक विकेट लिए ।

 

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु