गृहपृष्ठ एप्पलले आइफोन १५ सार्वजनिक गर्दै, के छन् नयाँ विशेषता ?

एप्पलले आइफोन १५ सार्वजनिक गर्दै, के छन् नयाँ विशेषता ?

एप्पलले आइफोन १५ सार्वजनिक गर्दै, के छन् नयाँ विशेषता ?

विश्वचर्चित प्रविधि कम्पनी एप्पलले २६ भदौ (१२ सेप्टेम्बर) मा आइफोन १५ सार्वजनिक गर्दैछ। कम्पनीले आफ्नो आधिकारिक वेबसाइट एप्पल डटकममार्फत उक्त जानकारी दिएको हो।

वेबसाइटमा उल्लेख भएअनुसार १२ सेप्टेम्बर बिहान १० बजे एप्पल इभेन्ट सुरु हुनेछ।यस इभेन्टलाई एप्पल डटकम र एप्पल टिभी एपमार्फत् हेर्न सकिनेछ।

एप्पलले यसअघिदेखि नै एप्पल इभेन्टमा आफ्ना विभिन्न प्रोडक्टहरू सार्वजनिक गर्ने गरेको छ। यसपटक पनि फोन सिरिजका साथै आइप्याड, म्याक, वेयरबेललगायतका प्रोडक्टहरू सार्वजनिक गरिने बताइएको छ।

यस फोनलाई लिएर मानिसहरूमा निकै उत्साह बढेर गएको छ। एप्पलले आफ्ना प्रोडक्टहरूको बारेमा अग्रिम जानकारी गराउने गरेको त छैन। तर पनि विभिन्न स्रोतले यसका सूचनाहरू बाहिर ल्याउने गर्दछन्।

यस्ता छन् विशेषता

टाइप–सी पोर्ट, ३५ वटासम्मको फास्ट चार्जिङ सपोर्ट

आइफोन १५ प्रो र १५ प्रो म्याक्समा टाइटानियम बडीलाई हटाएर स्टेनलेस स्टिल
डिस्प्ले बेजल १.५५ एमएम

पछिल्लो भागमा ट्रिपल क्यामेरा र सुधारिएका नयाँ सेन्सरहरूपेरिस्कोप टेलिफोटो लेन्सको प्रयोग ९आइफोन १५ प्रो म्याक्सका लागि यो १४ प्रो म्याक्सको क्यामेराको अप्टिकल जुम क्षमताभन्दा दोब्बर भएको अनुमान

१५ प्रो र १५ प्रो म्याक्समा नयाँ प्रोसेसर ए१७ बायोनिक चिप। आइफोन १५ र १५ प्लसमा ए१६ बायोनिक चिपसेट जुन १४ प्रो र प्रो म्याक्समा यसअघि नै आइसकेको छ
र्‍याम ६ देखि ८ जीबी

इन्टरनल स्टोरेज १५ प्रो र प्रो म्याक्समा २५६ जीबी, ५१२ जीबी, १ टीबी र २ टीबी तथा १५ र १५ प्लसमा १२८ जीबी, ३५६ बजी र ५१२ जीबी

आइफोन १५ मा ३८७७ एमएएच, १५ प्लसमा ४९१२ एमएएच, १५ प्रोमा ३६५० एमएएच र १५ प्रो म्यासमा ४८५२ एमएएच क्षमताको ब्याट्री

आइफोन १५ र १५ प्लसमा मिडनाइट ब्ल्याक, स्टारलाइट ह्वाइट, रेड, लाइट ब्लु र लाइट पिङ्क तथा १५ प्रो एवं प्रो म्याक्समा टाइटन ग्रे, डार्क ब्लु, सिल्भर र स्पेस ब्ल्याक कलर

आइफोन १५ को मूल्य ७९९ डलर, १५ प्लसको ८९९ डलर, १५ प्रोको १०९९ र आइफोन १५ प्रो म्याक्सको मूल्य १२९९ डलरभन्दा माथि

प्रकाशित समय : १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु