global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ महिला टी-ट्वान्टी क्रिकेट : आज नेपाल र बहराइन भिड्दै

महिला टी-ट्वान्टी क्रिकेट : आज नेपाल र बहराइन भिड्दै

महिला टी-ट्वान्टी क्रिकेट : आज नेपाल र बहराइन भिड्दै

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज बहराइनसँग भिड्दैछ। नेपाल समयअनुसार खेल मलेसियामा बिहान ११ः१५ बजे सुरु हुनेछ।

बिहीबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गर्दै खेलमा विजयी सुरुवात गरेको छ। त्यस्तै, बहराइनले कतारलाई ५ विकेटले पराजित गरेको थियो। प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहराइन, भुटान,मलेसिया, कतार र युएई छन्। समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन्।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-२० क्वालिफायर खेल्न पाउनेछन्।

 

 

प्रकाशित समय : ०८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु