nmb bank

गृहपृष्ठ भारतीय तीर्थयात्री चढेको बस बारामा दुर्घटना, ७ जनाको मृत्यु

भारतीय तीर्थयात्री चढेको बस बारामा दुर्घटना, ७ जनाको मृत्यु

भारतीय तीर्थयात्री चढेको बस बारामा दुर्घटना, ७ जनाको मृत्यु

बारामा भारतीय तीर्थ यात्रुको चढेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बाराको चुरियामाईमा काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको तीर्थालु बोकेको बस सडकबाट ५० मिटर तल पल्टिँदा एक जना नेपालीसहित छ जना भारतीय नागरिकको मृत्यु भएको हो ।

मधेस प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस पल्टिँदा महोत्तरी जिल्ला लोहारपट्टीका विजय पण्डित र ६ जना भारतीय नागरिकको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुने भारतीय नागरिकहरुमा राजस्थानका श्रीकान्त चतुर्वेदी, बहादुर सिंह, सत्यवती, मीरा देवी, राजेन्द्र चतुर्वेदी र वैजनती देवी छन् । उनीहरू ६० वर्षदेखि ७० वर्ष उमेर समूहका हुन् ।

जनकपुर–७ का जिलामी खानसहित उनका सहयोगी सहचालक अन्य २ जना गरी ३ जनालाई प्रहरीले जनकपुरबाट घाइते भएको अवस्थामा नियन्त्रणमा लिएको छ । बिहीबार बिहान २ बजे बस दुर्घटना भएको हो । तीव्र गतिमा रहेको बसका चालक निदाएकोले दुर्घटना हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित समय : १०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु