global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ धनगढीबाट काठमाडौं जाँदै गरेको बस दुम्कीबासमा दुर्घटना, २९ जना घाइते

धनगढीबाट काठमाडौं जाँदै गरेको बस दुम्कीबासमा दुर्घटना, २९ जना घाइते

धनगढीबाट काठमाडौं जाँदै गरेको बस दुम्कीबासमा दुर्घटना, २९ जना घाइते

नवलपरासीको दुम्कीबासमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार धनगढीबाट काठमाडौं जाँदै गरेको रात्रिबस आज बिहान सवा ४ बजे दुम्कीबासमा दुर्घटना हुँदा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर छ । उनीहरु दुई जनासहित कावासोतीमा उपचार हुन नसकेका १२ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

धनगढीबाट काठमाडौं जाँदै गरेको ०१ ००१ ख २९८६ नम्बरको रात्रिबस दाउन्नेको घ्युखोलामा पल्टिएको हो । ब्रेक फेल भएका कारण बस पल्टिएको प्रहरीले जनाएको छ ।

एक बच्चासहित अर्का एक पुरुष गम्भीर घाइते भएका हुन् । गम्भीर घाइते हुनेमा धनगढीका ४९ वर्षका मित्रसिंह खड्का र ६ वर्षकी रश्मी दर्लामी मगर रहेका छन् ।

प्रकाशित समय : ०९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु