गृहपृष्ठ जबरजस्ती करणी गरेको आरोपमा युवा संघ बेलबारीका अध्यक्ष पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा युवा संघ बेलबारीका अध्यक्ष पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा युवा संघ बेलबारीका अध्यक्ष पक्राउ

बलात्कारको आरोपमा प्रहरीले नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङलाई पक्राउ गरेको छ ।

मोरङको बेलबारी नगरपालिका–१० घर भएका ३४ वर्षीय तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । एक २० वर्षीया युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

युवतीले दिएको जाहेरीमा असार २ गते बलात्कार गरेको भन्ने उल्लेख छ । तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी परेको थियो ।

तामाङ पोललाइट रेस्टुरेन्टमा सञ्चालक पनि हुन् । सोही रेष्टुरेन्टमा बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

प्रकाशित समय : १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु