nmb bank

गृहपृष्ठ स्वयम्भूमा धुमधाम गुँला पर्व

स्वयम्भूमा धुमधाम गुँला पर्व

स्वयम्भूमा धुमधाम गुँला पर्व

एक महिनासम्म चल्ने गुँला पर्व स्वयम्भूमा धुमधामका साथ चलिरहेको छ । साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म चल्ने पर्व खास गरी नेपालमा बौद्धमार्गी र नेवार समुदाय मनाउने गर्दछन् ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ । बौद्ध धर्मावलम्बीहरु बिहान सबेरै स्वयम्भू महाचैत्यलगायत आफ्नो नजिकको देवालयमा पुग्ने गर्दछन् ।

पर्वको अवसरमा आज स्वयम्भूमा बाजागाजाका साथ भजनकीर्तनसहित परिक्रमा गरिएको छ ।

प्रकाशित समय : १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु