nmb bank

गृहपृष्ठ दाङबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना, २६ जना घाइते, तीनको अवस्था गम्भीर

दाङबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना, २६ जना घाइते, तीनको अवस्था गम्भीर

दाङबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना, २६ जना घाइते, तीनको अवस्था गम्भीर

दाङको तुलसीपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको छ ।

बागमती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस आज बिहान सडकको दाहिने किनारातर्फ पल्टिएको हो । बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घाइते सल्यान छत्रेश्वरी–३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बागचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ ।

प्रकाशित समय : ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु