nmb bank

गृहपृष्ठ बागेश्वर बाबा क्रेज : होटलमै भेट्न पुगे गृह र परराष्ट्रमन्त्री सहितका नेताहरु

बागेश्वर बाबा क्रेज : होटलमै भेट्न पुगे गृह र परराष्ट्रमन्त्री सहितका नेताहरु

बागेश्वर बाबा क्रेज : होटलमै भेट्न पुगे गृह र परराष्ट्रमन्त्री सहितका नेताहरु

भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ बसेको होटलमा भिवान्तामा लाइन छ । भक्तहरुको होइन, नेपाली नेताहरुको लाइन छ । बाबालाई भेट्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउद होटलमै पुगे । सांसद अमरेशकुमार सिंह लगायतका नेताहरु पनि होटलमै हाजिर भएका छन् ।

स्रोतका अनुसार होटलको एउटा कक्षमा शास्त्रीले मन्त्रीद्वयलाई गोप्यरूपमा भेट दिएका थिए । गृहमन्त्रीलाई भेटका लागि राति ९ बजेको समय दिइएको थियो । मन्त्री श्रेष्ठले शास्त्रीलाई भेट्न केहीबेर प्रतिक्षासमेत गर्नुपरेको बुझिएको छ । उनी राति साढे १० बजेतिर बाहिरिएका थिए ।

भेटमा शास्त्रीले गृहमन्त्रीलाई नेपाललाई पुनः हिन्दु राज्य बनाउन पहल गर्न सुझाव दिएको स्रोतको भनाइ छ । श्रेष्ठले आफू पनि हिन्दु नै भएको भन्दै आध्यात्मप्रति झुकाव रहेको बताए । भारतबाट सत्गुरू आउँदा भेट्ने गरेको तथा स्वामी आनन्द अरूणसँग पनि निकट रहेको उनले सुनाएका थिए । हिन्दु राज्यका विषयमा पनि आफू सकारात्मक नै रहेको सन्देश दिएका थिए ।

शास्त्रीले आजै प्नधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछन् । बाबालाई भेट्न प्रधानमन्त्री पनि होटलमै पुग्छन् कि भन्ने चिन्ता छ । तर बालुवाटारमै भेट हुने सूचना सुनिएके छ । प्रधानमन्त्रीसँगको भेटपछि उनी आजै नवलपरासीस्थित शाश्वत धाममा हनुमान प्रवचन दिन त्यहाँ जानेछन् ।

प्रकाशित समय : ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु