गृहपृष्ठ सुनकाण्डमा पक्राउ परेका दावाको भियना होटलसँगैको केटीबी रेष्टुरेन्टका दुई सञ्चालक पक्राउ
सुनकाण्डमा पक्राउ परेका दावाको भियना होटलसँगैको केटीबी रेष्टुरेन्टका दुई सञ्चालक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट समातिएको ६० किलो सुन प्रकरणमा ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्टका सञ्चालक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन प्रकरणमा केटीबी काराओके रेष्टुरेन्ट मुछिएपछि यसका दुई सञ्चालकलाई पक्राउ गरेको हो ।
मंगलबार बेलुकी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले पाटनको डाउन टाउन अपार्टमेन्टमा छापा हानेर चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । तीमध्ये तियान मी र वीन तोङ रेष्टुरेन्ट सञ्चालक भएको पाइएको छ ।
उनीहरुले सञ्चालन गरेको केटीबी काराओके रेष्टुरेन्ट ठमेलस्थित होटल भियना नजिकै छ । होटल भियनामा राजश्व अनुसन्धान विभागले १४ साउनमा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको थियो । त्यतिबेलै विभागले होटलका सञ्चालक बेल्जियन नागरिकलाई दावा छिरिङलाई समेत पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा सुन प्रकरणमा संलग्न चिनियाँ नागरिकहरु होटल भियना र केटीबी काराओके रेष्टुरेन्टमा पटकपटक गएको खुलेको थियो । स्रोतका अनुसार, भियनाको नाममा लिइएको चार वटा गाडी चिनियाँ तस्करहरुले प्रयोग गरेका थिए ।
प्रकाशित समय : ०६:४१ बजे