गृहपृष्ठ मानव मस्तिष्कद्धारा जन्मिएको कम्प्युटरको दुनियाँ
मानव मस्तिष्कद्धारा जन्मिएको कम्प्युटरको दुनियाँ
मेघराज गौतम/न्युजकारोबार
मान्छेको शरीर आँफैमा एउटा यस्तो परिपूर्ण संसार हो । जस्को एक एक अंग प्रत्यंग काम कुनै भब्य अनि जरुरी कारखानाकोे भन्दा कम हुन्न । जस्तै स् जब हामीले भोजन लिन्छौँ त्यो पचाउनदेखि रक्तसंचार तथा सम्पूर्ण शरीरको संचालन र निरन्तर जैविक गतिविधि नै अध्यात्म ज्ञान र भौतिक विज्ञानसम्मको ज्ञान हो । जसलाई बाहिरबाट हेर्दा सरसर्ति सतही तर्क जस्तो लागेता पनि त्यसलाई गहिरिएर बुझदा अत्यन्त गाह्रो छ ।
यो जगतकाे हर प्राणी सजीव चोला र चेतनशील भएर आफू सधै आनन्दले बाँच्न र रमाउन चाहान्छ किन कि यो नश्वर जगतमा नै नर्क र स्वर्गको भोग हुन्छ । सकारात्मक सोचको मान्छेले जहिल्यै आफनो ज्ञान र भक्ति मार्ग छोड्दैन त्यसैले उसलाई कुनै पनि राग द्धेश आशक्ति र इष्र्याले छुन सक्दैन र त उसले आफनो जीवन भर स्वर्गको जस्तो आनन्द शीतल जीवनको भोग गर्छ । त्यसको ठीक उल्टो व्यवहार जस्तेै झुटो व्यवहार झुुटो बानी र डाह इष्र्या कलह गर्नेले सधै नर्कको जीवन भोगिरहेको हुन्छ अनि उसमा हरपल वैराग्यभाव र असन्तुष्ट क्षणहरु पाउन सकिन्छ ।
हाम्रो शरीरमा पाँच ज्ञानेन्द्रिय र पाँच कर्मोन्ट्र्र्रिय मनसहित मस्तिष्कमा जोडिएको हुन्छ । अझ सम्पूर्ण शरीरमा फैलिएको स्नायुहरु सिधै मस्तिष्कमा जोडिएको हुन्छ । त्यसैले खराब सोच, आचरण र व्यवहारले खुट्टाको नङदेखि टुप्पीसम्म त्यसको असर फैलाएको हुन्छ । यो नेटवर्कमा अलिकति तलमाथि भएको खण्डमा ऐयाँ मरे, सक्किएँ, यता दुख्यो, उता पोेल्यो र यो पाटो सुक्यो उ पाटो चलेन भन्ने हुन्छ ।
अनि हामी बल्ल त्यसको निदान र उपचारतिर लाग्दछौ यो सब आउने भनेको केन्द्रिय अफिस मष्तिस्कले हो । यो संरचनालाई कुनैपनि भौतिक ज्ञानले रोक्नै नसक्ने अथवा आजसम्म जीवको जीवनमा समस्या आउनै नदिने प्रविधि उत्पादन गर्न पनि सकेको देखिदैन। भौतिक विज्ञानको ज्ञान उत्पादन गर्ने पनि यही जीवनको मस्तिष्क नै हो । त्यसैले विज्ञान भन्दा मस्तिष्क नै सर्वश्रेष्ठ हो ।
यो प्रणालीमा अझै एउटा अद्धितीय शक्ति हुन्छ । त्यसैले यसमा मिनेटभरमै कयौँ चीजहरु दर्ता गर्दछ अनि मेटाउन पनि उस्तै भ्याउँदछ । यो सजीव हुँदासम्म वा चेतनाले काम गर्नसक्दा सम्म यो प्रकृया न थाक्छ न आराम गर्न सुस्ताँउछ नै ।
अचम्मको कुरा यो छ कि आज भोलि यही मानवको मस्तिष्कद्धारा निर्मित कम्प्युटर क्यालकुलेटर र टिभि आदि सबैै मेशिनरी चीजबीज एउटा निश्चित समयमा चलेपछि चार्ज गर्नुपर्दछ तव मात्रै चल्दछ तर मानव मस्तिष्कलाई न चार्ज गर्नु पर्छ न त कुनै प्रकृतिको चीजले खिया लगाउन सक्छ । अन्तत ।मान्छेको मस्तिष्क भनेको स्वय प्राकृतिक विशाल कम्प्युटर हो । जसले केहीचीज देख्नसाथ सुन्नासाथ र स्पर्शगर्नासाथ आफैँ सेट गर्नसक्दछ तर मानव निर्मित कम्प्युटरले अर्काले उस भित्र सेट गर्नुपर्दछ ।
मान्छेले अझैै आफ्नो मस्तिष्क आफ्नो जन्मदेखि भोगिरहेको जीवन, आफ्नो वरपरको वातावरण भोगाई अनुभव धर्म, संस्कार, शिक्षा, न्यायपक्ष, वीरता कमजोरीपन आदि इत्यादि सबै इतिहासको वृतान्तलाई आफ्नो मस्तिष्कमा संगालेर आफैँ सेट गरिराखेको हुन्छ । मान्छेको यस्तो अनुपम मस्तिष्क पाएर पनि यसलाई मान्छेले नै अझै पूर्ण सदुपयोग गरेको जस्तो लाग्दैन ।
यसै कारणले होला मान्छे कहिले सन्तुष्ट र सम्पूर्ण हुन नसकेको । मान्छेमा सकारात्मक सोच भन्दा नकारात्मक सोच बढेर नै यिनीहरुमा राक्षसीपनको हावी भएको होला । जस्तै मानव निर्मित हातहतियार बनाउने कलकारखाना बनिनु जैविकविषाणु उत्पादन हुनु पनि यही कारण हुन सक्दछ ।
नकारात्मक सोच यस्तो दलदल हो, जसमा फसेपछि बाहिर निस्कन ज्यादेै कठिन हुन्छ ।
त्यसैले आजैदेखि हामीले गलत झुट र असत्यको मार्ग त्यागेर सकारात्मक सोचको बाटोमा हिड्न सके आफनो उर्जा, हौसला र कार्यक्षमताले दानवीय प्रवृत्तिबाट बच्नसक्थ्यौं अनि राग द्धेष र मोहबाट सजिलै छुटकारा पाउन सकिन्थ्यो ।
अन्त्यमा हाम्रो मानव जीवन भनेको ज्ञान लिएर कुनै चीज र वस्तु देखेर वा ज्ञान दिएर आफ्नो ज्ञान बढाउन सक्दछ । पढेर दिएको ज्ञान भन्दा देखेर मात्रै बढाएको ज्ञान मान्छेलाई आत्मासन्तुष्टि मिलिरहेको हुन्छ। ज्ञानद्धारा विज्ञानको प्रगतिले उच्च शिखर चुमेता पनि आखिरमा कलेश विघटन र संहारतिर घचेडेको अनुभव गरिरहेको छन् । जस्तै घरमा बिजुली छ करेन्ट लाग्नु , यातायातबाट दुर्घटना हुनु आदि ।
हुन त संसारमा मान्छेले सिक्ने कुराहरु अझ कति छन कति, आविष्कार पनि उस्तै गरिरहेका छन् । यहाँसम्म कि मान्छेको आयु भन्दा सिक्ने कुराहरु धेरै हुन्छन । उसले पुरैै नसिक्दै वा अब यो त्यो सिक्छु भन्दा भन्दै उसको मृत्यु हुन्छ । जुनसुकै कुरा सिक्दा एउटा पाटो सिक्छ । त्यसभित्र कला व्यवहार पनि थप कुरा सिकिएन भने उही मानव निर्मित कम्प्युटर जस्तै आफुले खोल्दा खोलिने र बन्द गर्दा बन्द हुने र जति उसभित्र प्रोग्रामहरु सेट हुन्छ त्यति मात्र हामीे पाउँदछौ ।
यस्तो गुणको मानिस यदि भएमा त्यो शिक्षण ले पनि दुर्गति प्राप्त गर्न सक्दैन नै । हुन त संसारका जति पनि विद्यालय र विश्वविद्यालयहरुमा जुन जुन विषयहरु पढाइन्छ तिनीहरुबाट हाम्रो मानव जीवन सुखी आरामदायी बन्न त सक्छन तर आत्मा विकास र सन्तुष्ट हुने खालको शिक्षा कुनै पनि पाइन्न । त्यसैले मान्छेले आफू निर्जीव वस्तुकै जीवनपयोगि बन्नभन्दा भित्र आत्मादेखि सुख र खुशी बनेर ग्रहण गरेको शिक्षा चै धेरै बहुमुल्य हुन्छ ।
अन्त्यमा मान्छेको सम्पूर्ण कार्य उसको भित्रिआत्मा देखिको इच्छाले प्रतिबिम्ति हुन्छ र हुनु पनि पर्दछ । आज मैले उदारहणको लागि मेरै अगाडिको कम्प्युटरलाई हेरे, खोले अनि बन्द गरेर म अनि मेरो मस्तिष्कको कम्प्युटर भित्रको दुनियाँलाई सम्झें । त्यसपछि आखिर यसको अस्तित्व भनेको म जस्तै मानव मस्तिष्कमै अल्झिएको पाए।
हो मान्छेले भगवान जस्तै बनेर सारा उत्पत्ति गर्न सक्नेरहेछ तर आफ्नै आत्मा सन्तुस्टिको जरो भेट्टाउन नसकेको पाँइयो । यही आत्मा सन्तुस्टि प्राप्त गर्न अब अध्यात्म ज्ञान सहितको विज्ञानको आविष्कारलाई परि कल्पना गदै कलम बिसाएको छु ।
प्रकाशित समय : १६:०७ बजे