global ime bank Long Banner Ad

गृहपृष्ठ आजदेखि साफ च्याम्पियनसिप सुरु, नेपाल र कुवेत भिड्ने

आजदेखि साफ च्याम्पियनसिप सुरु, नेपाल र कुवेत भिड्ने

आजदेखि साफ च्याम्पियनसिप सुरु, नेपाल र कुवेत भिड्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले भारतमा आज बुधबारदेखि सुरु हुने साफ च्याम्पियनसिपमा कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। खेल दिउँसो पौने ४ बजे बैगलुरुमा सुरु हुनेछ ।

छोटो समयको तयारीमा भारत पुगेको नेपालले फिलिपिन्समा एक मैत्रीपुर्ण खेल खेलेको थियो।

मैत्रीपूर्ण खेल १–० ले पराजित भएको नेपाल साफमा सुखद सुरुवात गर्ने योजनामा छ।

नेपाल यो पटक भारत, पाकिस्तान र कुवेत रहेको कठिन समुहमा छ । अघिल्लो संस्करण मालदिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल ३० वर्षपछि पहिलो पटक साफको फाइनलमा पुगेको थियो । तर यो पटक कठिन समुहमा रहेको नेपालका लागि समुह चरण पार गर्नु नै ठूलो उपलब्धि हुनेछ।

प्रकाशित समय : ०९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु