गृहपृष्ठ यूएईस्थित नेपाली दूतावासले राहदानीका लागि सोमवार मात्र फारम लिने
यूएईस्थित नेपाली दूतावासले राहदानीका लागि सोमवार मात्र फारम लिने
यूएईस्थित नेपाली दूतावासले प्रत्येक हप्ताको सोमबार बिहान ११ बजे राहदानी आवेदनको फारमका लागि अपोइन्टमेन्ट खेल्ने भएको छ । प्रत्येक हप्ताको सोमबार बिहान ११ बजेभन्दा बाहेक अरू दिनसँग अन्य समयमा आवेदन दिन खोज्दा सिस्टमले दिने छैन ।
राहदानीको अवधि १ वर्षभन्दा कम भएकाहरूले नयाँ राहदानीको लागि आवेदन दिन सक्छन् । यसअघि एमआरपी भएकाहरूले नवीकरण गर्दा भने विद्युतीय राहदानी नै पाउँछन् ।
यसरी तोकिएको दिनमा तोकिएको समयमा अनलाइन सिस्टमबाट अपोइन्टमेन्ट लिँदा एक महिनापछिको समय पाइने दूतावासले जनाएको छ ।
दूतावासबाट राहदानीको आवेदन दिँदा कार्यालयमा उपस्थित भएर फोटो खिचाएको एक महिनाभित्र राहदानी हात पर्ने राहदानी विभागले जनाएको छ ।
प्रकाशित समय : १०:३९ बजे



















