गृहपृष्ठ ग्रिसमाडुङ्गा पल्टिँदा ८३ आप्रवासीको मृत्यु, उद्धारकार्य जारी
ग्रिसमाडुङ्गा पल्टिँदा ८३ आप्रवासीको मृत्यु, उद्धारकार्य जारी
ग्रिसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाले ज्यान गुमाएका छन् । हिजो भएको दुर्घटना लगत्तै ग्रिस कोस्ट गार्डले उद्धार अभियान चलाएर एक सय ४ जना आप्रवासीलाई उद्धार अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेका कालामाटाका मेयरलाई उद्धृत गरी समाचार संस्था एपीएफले जनाएको छ । तर दुर्घटना हुँदा डुङ्गामा कति जना थिए अहिलेसम्म खुल्न सकेको छैन । उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ ।
डुङ्गामा रहेका कसैले पनि लाइफ ज्याकेट नलगाएको र आफ्नो राष्ट्रियता तत्काल नखुलाएको खबरमा उल्लेख छ । ती आप्रवासीहरू लिबियाबाट इटालीतर्फ गएका थिए । अस्ति नाइजेरियामा डुङ्गा पल्टिँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको थियो ।
जीवितै उद्धार गरिएकाले दिएको विवरण अनुसार डुङ्गामा झण्डै ७ सय ५० जना थिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले ठूलो सङ्ख्यामा मानिसहरु हराइरहेको जनाएको छ । आज पनि उद्धारको काम भैरहेको छ ।
प्रकाशित समय : १०:३३ बजे



















