गृहपृष्ठ प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
संघीय संसदअन्तर्गत बिहीबार प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक नयाँ बोनेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजेबाट सुरू हुनेछ ।
आजको बैठकमा संसदमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत छलफल सुरू हुनेछ ।
बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।
यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रकाशित समय : १०:४३ बजे



















