गृहपृष्ठ सेटिङमा फेरी अर्याललाई मुख्यसचिवको जिम्मेवारी, वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार
सेटिङमा फेरी अर्याललाई मुख्यसचिवको जिम्मेवारी, वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार
सरकारले मुख्यसचिव हेरफेर गरेको छ । आज बिहान ९ बजे बस्ने मन्त्रिपरिषद् बैठकले हाल मुख्यसचिव करदास बैरागीलाई हटाएर बैकुण्ठ अर्याललाई उनको जिम्मेवारी दिएको हो । भने, सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको छ।
हाल सचिव रहेका अर्याल २ असारमा अवकास पाउँदै छन् । तर त्यसअघि नै उनलाई मुख्यसचिव बनाइएको प्रचण्ड सरकारले गरेको सरकारमा सहभागी एक मन्त्रीले जानकारी दिए । उनका अनुसार अवकाश अघि नै रेग्मीले राजीनामा दिएपछि बैरागीलाई मुख्यसचिव बनाउन तयारीमा सरकार लागेको हो ।
बैरागी यसअघि पनि केपी ओली सरकारका पालामा सेटिङमै मुख्यसचिव बनेका थिए । त्यतिबेलाका मुख्यसचिव लोकदर्शन रेग्मीले स्वत अवकाश पाएका भए धनबहादुर तामाङ मुख्यसचिव बन्ने थिए ।
आजै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार नियुक्त हुने सम्भावना पनि रहेको छ । प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारका लागि युवनाथ लम्साल, रुपक सापकोटालगायत दाबेदार छन् । अन्यत्र उचित व्यवस्थापन नभए बैरागीलाई नै परराष्ट्र सल्लाहकार बनाइने तयारी पनि भइरहेको बताइएको छ ।
मुख्यसचिवबाट राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूत बनाइएको थियो । अहिले अर्याललाई मुख्यसचिव बनाउन एनसेललगायतका शक्ति केन्द्रले तीव्र लबिङ चलाएको हल्ला चलिरहेको छ ।
प्रकाशित समय : १०:२१ बजे



















