गृहपृष्ठ प्रस्तावित प्रधानन्यायाधीशको दाबी : गोलप्रथा लागूभएपछि ६० प्रतिशत विचलन हट्यो
प्रस्तावित प्रधानन्यायाधीशको दाबी : गोलप्रथा लागूभएपछि ६० प्रतिशत विचलन हट्यो
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था सुरु गरेपछि न्याय विचलन ६० प्रतिशतले हटेको दाबी गरेका छन् ।
न्याय निरुपणमा सहज भएको र अदालतप्रतिको आलोचना घटेको समेत कार्कीको भनाइ छ ।
संसदीय सुनुवाइ समितिमा आफ्ना अनुभव सुनाउने क्रममा प्रस्तावित प्रधानन्यायाधीश कार्कीले बिहीबार देशभर गोलाप्रणालीबाट पेसी तोक्दा विगतको भन्दा ६० प्रतिशतले अनियमितता घटेको बताएका हुन् ।
प्रकाशित समय : ०९:४५ बजे



















