गृहपृष्ठ मिनीस्कर्ट लगाएर रास्वपाकी सांसद सुमना श्रेष्ठ समितिको बैठकमा पुगेपछि सांसदहरुको मुखामुख
मिनीस्कर्ट लगाएर रास्वपाकी सांसद सुमना श्रेष्ठ समितिको बैठकमा पुगेपछि सांसदहरुको मुखामुख
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठ टिसर्ट लगाएरै संसद बैठकमा पुगेपछि विरोध भएर सभामुखले ‘ड्रेस कोड’बारे निर्देशननै दिनु परेको थियो ।
त्यसको केही समयपछि उनै सांसद श्रेष्ठ बुधबार मिनी संसदका रुपमा चिनिएको संसदीय समितिको बैठकमा मिनीस्कर्ट लगाएर सहभागि भएकी छिन् ।
श्रेष्ठले बुधबार बिहान बसेको प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सहभागी हुन जाँदा मिनीस्कर्ट लगाएकी थिए । उनको स्कर्ट देखेपछि कोट–सारी र कोट पाइन्ट तथा दौरा सुरुवाल जस्ता औपचारिक पोशाकमा सहभागि सांसदहरुले मुखामुख गरेका थिए ।
प्रतिनिधिसभा नियमावलीमा संसद र समितिका सदस्यहरूले बैठकमा सहभागी हुँदा मर्यादित पोशाक लगाउनुपर्ने उल्लेख छ।
श्रेष्ठले केही दिनअघि संसद बैठकमा टिसर्ट र जिन्सको पहिरन लगाउनु अमर्यादित नहुने टिप्पणी गरेकी थिइन्।
प्रकाशित समय : ०९:०७ बजे



















