global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्रिपरिषद्को बैठक बस्दै, वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाइँदै

मन्त्रिपरिषद्को बैठक बस्दै, वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाइँदै

मन्त्रिपरिषद्को बैठक बस्दै, वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाइँदै

महत्त्वपूर्ण केही निर्णय गर्न आज (बिहीबार) मन्त्रिपरिषद्को बैठक बस्दैछ । एक मन्त्रीका अनुसार बैठक अहिले बिहान साढे ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु हुनेछ ।

आजको बैठकले मुख्यसचिव परिवर्तन तथा राजदूत नियुक्तिबारे निर्णय गर्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार वर्तमान मुख्य सचिव शंकरदास वैरागीलाई राजदूत बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी सरकारले गरेको छ ।

वैरागीले अमेरिकाका लागि राजदूत बन्ने चाहना राखेका छन् ।

उक्त तयारीमा कुनै फेरबदल नआए अर्याल मुख्यसचिव बन्ने र वैरागी राजदूत बन्ने पक्का भएको स्रोतको भनाइ छ ।

प्रकाशित समय : ०८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु