गृहपृष्ठ प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धको उजुरीमाथि संसदीय सुनुवाइ सुरु
प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धको उजुरीमाथि संसदीय सुनुवाइ सुरु
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ ।
बुधबार उजुरीकर्तासँगको छलफलपछि आज समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको हो । बिहान ८ बजेदेखि सुरु हुने भनेको सुनुवाइ केही ढिला सुरु भएको छ ।
प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामुप्रधानन्यायाधीश कार्की सिंहदरबारमा जारी समितिको बैठकमा बिहान सवा ८ बजेपछि आइपुगेका हुन् ।
कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।
गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो ।
प्रकाशित समय : ०८:४४ बजे



















