गृहपृष्ठ अमेरिका फेरि युनेस्कोमा सामेल हुँदै
अमेरिका फेरि युनेस्कोमा सामेल हुँदै
संयुक्त राज्य अमेरिका पुनः युनेस्कोमा सामेल हुने भएको छ। वासिङ्टनले २०२३ जुलाईदेखि युनेस्कोमा सामेल हुने तयारी गरेको संयुक्त राष्ट्रसंघीय सांस्कृतिक निकायले घोषणा गरेको छ ।
युनेस्कोको संस्थापक सदस्य रहेको अमेरिका सन् २०१८ मा युनेस्कोबाट बाहिरिएको थियो ।
सोमबार युनेस्कोका महानिर्देशक अड्रे अजोले फ्रान्सको पेरिसमा संगठनका सदस्य राष्ट्रका प्रतिनिधिलाई वासिङ्टन पुनः सामेल हुन लागेको जानकारी दिइन् ।
अमेरिकाले सन् २०११ सम्म युनेस्कोको बजेटमा प्रमुख योगदान गरेको थियो। त्यसबेलासम्म युनेस्कोको कुल बजेटको २२ प्रतिशत अर्थातत् ७ करोड ५० लाख डलर अमेरिकाले योगदान गर्थ्यो। तर युनेस्कोले प्यालेस्टाइनलाई पनि सदस्य राष्ट्रका रूपमा स्वीकार गरेपछि अमेरिका रुष्ट बनेको थियो। बजेट पनि रोकेको थियो।
सन् २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँगै युनेस्कोबाट अमेरिका पनि बाहिरिने घोषणा गरेका थिए । तर बहिर्गमन सन् २०१८ मा लागू भएको थियो ।
प्रकाशित समय : ०७:५० बजे



















