गृहपृष्ठ गैरआवासीय नेपाली संघको ‘नागरिकता विधेयक र एनआरएनए सदस्यता’को बिषयमा अन्तरक्रिया
गैरआवासीय नेपाली संघको ‘नागरिकता विधेयक र एनआरएनए सदस्यता’को बिषयमा अन्तरक्रिया

गैरआवासीय नेपाली संघ युकेले गैरआवासीय नेपाली नागरिकता विधेयक र एनआरएनए सदस्यता किन भन्ने बिषयमा अन्तरक्रियाको आयोजना गरेको छ ।
अन्तरक्रियामा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसी, अध्यक्ष कुल आचार्य, युरोप संयोजकद्धय चिन्तामणी सापकोटा र सन्तोष भट्टराई, महासचिव केशव पौडेल, सचिव रामशरण सिम्खडा, उपाध्यक्ष एवं अन्तरक्रियामा प्रमुख वक्ता डा. हेमराज शर्मा, अधिवक्ता गोविन्द बेलबासे, केन्द्रीय प्रवक्ता सोम सापकोटा, अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली लगायतको सहभागिता थियो ।
गैरआवासीय नेपाली संघ बेलायतका प्रवक्ता शशांक शर्माका अनुसार संघ बेलायतका अध्यक्ष सुनिलबाबु खडकाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मोहन कार्कीले राखेका थिए ।
कार्यक्रमका अधिकांश वक्ताहरुको भनाइ गैरआवासीय नागरिकताले नै वंशजको नागरिकतासम्म लैजाने र यो उपल्ब्धीलाई केही होईन भन्नेहरु अनुदारवादी भएको भन्ने थियो । उनीहरुले अनुदारवादले सामाजिक संघ संस्थामा काम गर्नेलाई प्रेरणा नमिल्ने बताए । पाएको उपलब्धीलाई आत्मसात गरी नागरिकताको निरन्तरताको नयाँ अभियानले नै गैरआवासीयहरुको सम्पूर्ण अधिकार सुरक्षित हुने प्रमुख वक्ताहरु डा. हेमराज शर्मा र अधिवक्ताद्धय डा. ज्ञवाली र बेलबासेको भनाइ थियो ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष कुल आचार्यले सामाजिक सद्भावको लागि सबै सहिष्णु हुनुपर्ने र गालीगलौज र मानमर्दनको भाषाले गैरआवासीय नेपाली अभियान र अभियन्ताहरुलाई कमजोर बनाउने भनाइ राखे । उनले सबै गैरआवासीयहरु संघको सदस्य बन्न ढिला गर्न नहुनेसमेत बताए । संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले भने अबको अधिवेशन एकताको हुने बताए ।
सचिवद्धय ज्ञानेन्द्र आले र बिष्णु चालिसेले सञ्चालन गरेको कार्यक्रममा प्रश्नउत्तरको संयोजन उपाध्यक्ष रामचन्द्र पोखरेल र प्रवक्ता शशांक शर्माले गरेका थिए ।
प्रकाशित समय : ०९:५० बजे