global ime bank Long Banner Ad

गृहपृष्ठ तापक्रम अझैं बढ्ने

तापक्रम अझैं बढ्ने

तापक्रम अझैं बढ्ने

नेपालका अधिकांश स्थानमा अधिकतम तापक्रम अझै केही दिन रहने मौसमविद्हरुले बताएका छन् । केही दिनयता तातो हावा तथा लू देशभरका अधिकांश स्थानमा देखिएको बारेमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मौसमविद्हरुले यस्तो चेतावनी दिएका हुन्।

कार्यक्रममा बोल्दै मौसमविद् शान्ति कँडेलले यसवर्ष अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताइन् । उनले न्युनतम तापक्रम पनि सरदरभन्दा धेरै बढी हुने देखिएको बताइन् ।

उनले भनिन्, ‘यस वर्ष अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुनेछ । वर्षा कम हुने देखिएको छ । अधिकतम तापक्रम सरदरभन्दा बढी अधिकतम तापक्रम हुने देखिएको छ । यो अझै धेरै समयसम्म रहन्छ ।’

उनले नेपालमा १३ जुनबाट मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केहीदिन नेपालमा हिट वेब हुने र त्यसपछिका केही दिनलगत्तै पुनः हिट वेब बढ्ने अवस्था रहेको बताइन् ।

प्रकाशित समय : ०६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु