global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनबाट सिइयोको राजिनामा

दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनबाट सिइयोको राजिनामा

दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनबाट सिइयोको राजिनामा

अमेरिकी प्रसारक सीएनएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्रिस लिच्टले राजीनामा दिएका छन् । न्यूयोर्क पोस्टका अनुसार सिएनएनका कर्पोरेट अभिभावक वार्नर ब्रदर्स डिस्कवरीले क्रिस लिच्टले दिएको राजीनामा तुरुन्तै कार्यान्वयन गरिएको जानकारी दिएका छन् । लिच्टले गत मे २०२२ मा सीईओ भएर पदभार ग्रहण गरेका थिए ।

उनले कर्मचारीहरूलाई दिइएको जानकारी अनुसार अन्य अवसरका लागि सिएनएनवाट अचानक राजीनामा दिनु परेको हो । वार्नर ब्रदर्स डिस्कभरीका सीईओ डेभिड जास्लाभ र वार्नर ब्रदर्स डिस्कभरीका अन्य कार्यकारीहरूलाई साथ दिएकोमा उनले धन्यवाद दिए भने सिएनएनमा उनीहरुसँग काम गर्न पाएको गर्व गरेको पनि भन्न छुटाएनन । तर, उनले नेटवर्कका केही दिग्गज कर्मचारीहरूको विरोधको भने उनले चुनौती सामना गरिरहनु परेको बताईएको छ ।

उनको यो राजीनामा भने सिएनएनका लागि भने ठूलो झटका हो । लिच्टको राजीनामा यस्तो समयमा आएको छ, जब सीएनएनले धेरै चुनौतीहरूको सामना गरिरहेको छ। हालका वर्षहरूमा नेटवर्कको दर्शक र अनलाइन पाठकको पनि संख्या घटेको छ । सिएनका प्रतिद्वन्द्वीहरू फक्स न्यूज र एमएसएनबीसी भने सिएनएनलाइ क्रमशः छाडेर अगाडी बढिरहेको अवस्था थियो ।

उनी सिएनएनलाई अझ बढी उचाईमा लैजानका लागि चीजहरूमा परिवर्तन गर्न खोज्दै थियो, त्यही बेला उनको राजिनामा आएको अमेरिकन सञ्चारमाध्यमहरुले जनाएका छन् । उनलाई टेलिभिजन समाचार उद्योगमा उदाउँदो ताराको रूपमा हेरिदैँ आएको थियो ।

प्रकाशित समय : १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु