गृहपृष्ठ जंगली च्याउ खाएर बिरामी भएका मध्ये थप एकको मृत्यु
जंगली च्याउ खाएर बिरामी भएका मध्ये थप एकको मृत्यु
जंगली च्याउ खाएर बिरामी भएका मध्ये थप एकको मृत्यु भएको छ । जंगली च्याउँ खाएर हिजो आमाको निधन भएको थियो भने आज उपचारको क्रममा छोराका पनि मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जंगली च्याउ खाएर मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका–३ घर भइ हाल धनकुटा नगरपालिका–७ चुली वनमा बस्दै आएका २८ वर्षीया मुना राईकोर उनका ७ वर्षका छोरा सचिन रहेका छन ।
गत सोमबार जंगलबाट च्याउ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट गम्भीर बिरामी परे पछि उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा ल्याईएको थियो ।
तर, त्यहाँ पनि उपचार सम्मभ नभए पछि दुवैजनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईएको थियो । तर, उपचारको क्रममा शुक्रबार आमाको निधन भएको हो भने ७ बर्षिया छोरा सचिनको आज निधन भएको हो ।
प्रकाशित समय : ११:१० बजे